बूढीगण्डकी बाढीः आरुघाटमा बेलिब्रिज जडानको तयारीमा खटियो सेनाको टोली
बूढीगण्डकीको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो स्थानमा ‘बेलिब्रिज’ जडान गर्ने तयारीका लागि नेपाली सेनाको टोली खटिएको छ ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक इन्जिनियरिङ टोली उक्त कामका लागि खटिइएको हो ।बाढीबाट प्रभावितको उद्धारका लागि आज दिनभर सेनाका एमआई–१७ सहित चार वटा हेलिकप्टर परिचालित भएका थिए । हेलिकप्टर र स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म जम्मा ९५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको नि

