
‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’
काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । पार्टीका नेता–कार्यकर्ता जनपरिचालनभन्दा प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी र प्रशासकीय अधिकृतको सरुवामा केन्द्रित हुँदा जनतासँगको सम्बन्ध टुटेको उनले बताएका छन् । पार्टीको मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टी नेताहरू सरकारी […]

