बालेनलाई गगनको सुझाव– अमेरिका जानुअघि पहिलेका सरकारले के गरेका थिए, पल्टाएर हेर्नुस् !
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि पर्याप्त तयारी गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।महासभामा नेपालको तर्फबाट दाबी पेश गर्दा तथ्य र प्रमाण लिएर जानुपर्ने उनको भनाइ थियो ।आइतबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै थापाले विगतमा सरकारले गरेका कामबारे पल्टाएर हेर्न सुझाव दिएका हुन् ।‘प्रधानमन्त्री महासभामा जाने कुरा सुन्यौं । त्यहाँ जाँदा तथ्य र प्रमाण लिएर जानुपर्छ । नेपालको पक्षमा लबिङ गर्दा पहिलेका सरका
