नेपाली सेनाको मेजरमा बढुवा भए फुटबलर भरत खवास
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजरमा बढुवा भएका छन् । नेपाली सेनाले उनलाई सह–सेनानी (क्याप्टेन)बाट मेजर(सेनानी)मा बढुवा गरेको हो ।यसअघि, २०७९ साउनमा उनी सह–सेनानीमा बढुवा भएका थिए । भोटेकोशी–त्रिशुली नदीमा भदौ १० गते गएको विनासकारी बाढीपछि उनी नुवाकोटको त्रिशुलीमा उद्धार कार्यमा खटिएका छन् । खवासले दर्ज्यानी चिन्ह पनि विपद् व्यवस्थापनको उद्धार मैदानमै लगाएका छन् ।३४ वर्षीय खवास एन्फा एकेडेमीका उत्पादन हुन् । उनले देशका लागि विभिन्न उमेरसमूहका
