सोमबार राष्ट्रिय शोकको घोषणा, राष्ट्रिय झण्डा आधा झुकाइने
सरकारले यही भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीको १३ औं दिन यही भदौ २२ गते सोमबार राष्ट्रिय शोकको घोषणा गरेको हो ।सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त दिन देशभरका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने बताए ।
