Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 2 Sept

विराटनगरमा अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद

विराटनगर महानगरपालिका-१६ स्थित दरैयाको कोलर चोकबाट सशस्त्र प्रहरीले मंगलबार राति करिब ६० किलो गाँजा बरामद गरेको छ। 'दिव्य ज्योति अस्पताल प्रा. लि.' लेखिएको को१च ६६२० नम्बरको भ्यानमा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो। राति ११ बजे सशस्त्र प्रहरी बल नेपालको टोलीले भ्यान नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्।

4 publishers · 5 headlines · developing over 10 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

विराटनगरमा ६० किलो गाँजासहित भ्यान बरामद

विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १

archives5 publishers
Coverage

4 more headlines since

first · 2 Septlatest · 2 Sept
  1. विराटनगर गाँजा बरामद प्रकरण : अस्पतालको स्टिकर हटाएको भन्दै इन्स्पेक्टरलाई स्पष्टीकरण

    विराटनगर। विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’को स्टिकर टाँसेको एउटा भ्यानबाट ठुलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीको भूमिका र अस्पतालको संलग्नताबारे गम्भीर प्रश्न उठेको छ । प्रमाण मेट्न खोजिएको आशङ्कामा मोरङ प्रहरीले आफ्नै इन्स्पेक्टरसँग स्पष्टीकरण सोधेको छ

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. ६० किलो गाँजा बोक्ने गाडीको स्टिकर हटाएको विषयमा इन्स्पेक्टरलाई २४ घण्टे स्पष्टीकरण

    विराटनगरमा ‘दिव्य ज्योति आँखा अस्पताल’ लेखिएको गाडीबाट करिब ६० किलो गाँजा बरामद भएको घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठेपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रविण घिमिरेलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएर बुझाएको गाडीबाट अस्पतालको नाम खुल्ने स्टिकर हटाएको पाइएपछि मोरङ प्रहरीले घिमिरेसँग लिखित जवाफ मागेको हो ।सशस्त्र प्रहरीको टोलीले विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट को १ च ६६२० नम्बरको सुजुकी भ्यानमा दुईवटा

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. अस्पतालले भन्यो– गाँजा भेटिएको भ्यान हाम्रो होइन

    १७ भदौ, विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेको छ । मंगलबार राति प्रहरीले दिव्य ज्योति आँखा अस्पताल लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको थियो । दिव्य ज्योति आँखा अस्पताल विराटनगरका सञ्चालक देवा यादवले बुधबार पत्रकार सम्मेलन गर्दै गाँजा बरामद भएको भ्यान अस्पतालको नभएको दाबी गरेका हुन् […]

  4. अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार

    १७ भदौ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो । राति ११:०० बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.