
ढोल–झ्याम्टासँगै जाग्दै छ पाल्पाको लाखे संस्कृति
पाल्पा । हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुन्जिन थाल्छ । भीडको बिचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ । उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ । दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो,


