
नेकपा बहुमतका नेता गुणराज निष्कासित, अध्यक्षमाथि गालीगलौज गरेको आरोप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज लोहनी ‘प्रवीर’ लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ। पार्टी अध्यक्ष मण्डलको बैठकमा अध्यक्ष कर्णजीतको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि आरोप छ । यस्तो व्यवहारले पार्टीको अध्यक्ष मण्डलका सदस्यको हैसियत, मर्यादा र अनुशासन उल्लंघन गरेको निष्कर्ष निकाल्दै […]

