विपक्षीले मागेका थिए सरकारको जवाफ, साउन १९ गतेसम्म स्थगित भयो संसद्
झण्डै २ साताको अन्तरालमा बसेको प्रतिनिधि सभा बैठक फेरि ५ दिनका लागि स्थगित भएको छ ।साउन १९ गते बस्नेगरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।बिहीबारको बैठकमा विपक्षी दलका सांसदले सुनसरीको कप्तानगञ्जमा भएको घटना सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए ।कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले सुनसरी घटनाबारे प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको जवाफ मागेका हुन् ।संसद् बैठक मंगलबारसम्म स्थगित भएकाले साउन १९ भन्दा अगाडि सरकारले संसदमा जवाफ

