सडक डिभिजन भक्तपुरका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड २६ लाख बिगो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।पदीय मर्यादाविपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।आयोगले उनीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी गरेको छ ।


