
विश्वकप क्रिकेट लीग २: ग्लोबल क्वालिफायरमा सिधै पुग्ने नेपालको बाटो झन् कठिन
नेदरल्यान्ड्स भ्रमणलाई नेपालको एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम अवसरको रूपमा लिइएको थियो। तर टोलीले दुई खेलबाट चार अङ्क गुमाइसकेको छ। माथिल्लो स्थानमा रहेका टोलीहरूको स्थिति हेर्दा नेपालको माथि उक्लिने सम्भावना कम देखिएको हो।
