Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्न हामफालेका एक युवक बुधबार बेपत्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका-६ स्थित जलविनायक मन्दिर नजिकै आफ्नो कपडा र मोबाइल किनारमा राखेर ती युवक नदीमा हामफालेका थिए। बेपत्ता युवकको पहिचान खुल्न बाँकी रहेको र उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।

4 publishers · 4 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता

काठमाडौं । काठमाडौंको चोभारमा पौडी खेल्न भनेर बागमतीमा हामाफालेका युवक बेपत्ता भएका छन् । कपडा र मोबाइल नदी किनारमा राखेर जलबिनायक मन्दिर नजिकबाट युवक हामफालेका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले

story4 publishers
Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. चोभारमा बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता, खोजी कार्य जारी

    काठमाडौं– काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा एकजना व्यक्ति बेपत्ता भएका छन्। बिहीबार बिहान करिब ११ः४५ बजे भएको घटनामा पौडी खेल्न नदीमा पसेका एक जना पुरुष बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बेपत्ता भएका व्यक्ति पर्यटक गाइडका रूपमा कार्यरत थिए । उनी विदेशी नागरिकसहित चोभारस्थित जलविनायक मन्दिर परिसर घुम्न आएका बेला बागमती नदीमा […]

  2. चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका पुरूष बेपत्ता

    काठमाडौंको चोभारस्थित बागमती नदीमा पौडी खेल्न हामफालेका पुरूष बेपत्ता भएका छन्।

    Setopati logoSetopatiPrivatesocial4 publishers
  3. चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता

    ७ साउन, काठमाडौं । चोभारस्थित बागमती नदीमा एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका–६ स्थित बागमती नदिमा पौडी खेल्ने क्रममा युवक बेपत्ता भएका हुन् । वेपत्ता हुने युवकको परिचय खुलेको छैन । प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य सुरु गरेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.