कांग्रेस पार्टीको विवाद फेरि सर्वोच्च पुग्यो, देउवा पक्षले दियो पुनरावलोकनको निवेदन
नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसला विरुद्ध शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेको छ। सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट बिहीबार वारेसमार्फत उक्त निवेदन दर्ता गरिएको हो। अदालतको फैसला कानुन र तथ्यका आधारमा त्रुटिपूर्ण रहेको दाबी निवेदनमा गरिएको छ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ।
4 more headlines since

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको विवादलाई अदालततिर लैजाँदा समस्या समाधान नहुने बताएका छन्। आधिकारिकता विवादमा यसअघि भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पुनरावलोकन निवेदन दर्ता गरेपछि महामन्त्री घिमिरेले यस्तो बताएका हुन्। उनले नेपाल प्रेससँग भने, ‘अदालत र निर्वाचन आयोगको फैसला आइसकेपछि हामी अगाडि बढेको परिप्रेक्ष्यमा […]

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ।...
न्यायाधीशहरू न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो।

फैसला कानुन तथा तथ्यका आधारमा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट बिहीबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गरिएको देउवा पक्षका एक नेताले बताए ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। सोमबार बोलाइएको यस बैठकमा समसामयिक राजनीतिक प…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …