
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा
झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी आज सम्झौता भएको छ । सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यकपर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ । रगतको सेवा शुल्कबापत प्रतिपिन्ट रु एक हजार १०० नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई त्रैमासिक रूपमा […]

