
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन परिस्थितिमा उद्धार तथा शव निकाल्ने कार्य जारी राखेको अधिकारीहरूले बताएका छन् । काजामार्का क्षेत्रअन्तर्गत राजधानी लिमाबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सान जुआन नगरपालिकाका संस्थागत सञ्चार प्रमुख […]


