शिक्षकको पेसागत क्षमता अभिवृद्धिमा जापानले सहयोग गर्ने
काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल-जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। शिक्षा क्षेत्रमा सहकार्य विस्तार, सार्वजनिक शिक्षा सुधार, विद्यालयको सुरक्षित तथा आधुनिक भौतिक पूर्वाधार विकास, डिजिटल […]




