
हेटौंडाबाट काठमाडौँ आउने दुईवटा बाटो बन्द
काठमाडौँ । मकवानपुर जिल्लामा हिजो रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ आउने दुई वटा बाटो बन्द भएको छ । विभिन्न सडकखण्डहरु अवरुद्ध भई सडक यातायात प्रभावित भएको र उच्च जोखिमको अवस्था सिर्जना भएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले बाटो बन्द गराएको हो । यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बाटो बन्द गरिएको हो । […]


