सेमिफाइनल पुग्न 'क्लिन सिट' स्पेन र अपराजित बेल्जियमको टक्कर
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज राति स्पेन र बेल्जियमबीच प्रतिक्षित भिडन्त हुँदैछ। चालू प्रतियोगितामा अहिलेसम्म पराजित नभएका यी दुई टोलीबिचको यो खेल लस एन्जलस स्टेडियममा नेपाली समय अनुसार आज राति १२:४५ बजे शुरू हुनेछ।विश्वकपमा स्पेनको रक्षापङ्क्ति (डिफेन्स) यति मजबुत देखिएको छ कि अहिलेसम्म कुनै पनि विपक्षी टोलीले स्पेनविरुद्ध एक गोल पनि गर्न सकेका छैनन्। विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।स्पेन र बेल्जियमबीच हालसम्म २२ वटा अन्तर्राष्ट्रिय खेलहरू भएका छन्,



