Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 7h ago

नेपाली कांग्रेसको इतर समूहको निष्कर्ष: एकताको महाधिवेशनको सम्भावना क्षीण

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक काठमाडौंको गोल्फुटारस्थित पूर्णबहादुर खड्काको निवासमा सम्पन्न भएको छ। बैठकपछि नेता मीन विश्वकर्माले संस्थापन पक्ष एकतर्फी रूपमा अगाडि बढेकाले १५औँ महाधिवेशनमा सहमतिको सम्भावना क्षीण हुँदै गएको बताउनुभयो। शुक्रबारको सो छलफलमा डिजिटल सदस्यता अद्यावधिक लगायतका सांगठनिक विषयमा समेत कुराकानी भएको थियो।

3 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

संस्थापनले एकताको प्रयास नगर्दा १५ औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण : मीनबहादुर विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका छन् । शुक्रबार गोल्फुटारमा इतर समूहका नेताहरुको बैठकमा सहभागी नेता विश्वकर्माले १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै गएको बताएका हुन् । उनले डिजिटल सदस्यता अद्यावधिकको विषयलाई इगोको रुपमा नलिएको बताएका छन् । […]

Coverage

3 more headlines since

first · 9h agolatest · 7h ago
  1. तत्काल महाधिवेशनको पक्षमा देखिएन कांग्रेसको देउवा समूह

    काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी नेतृत्वसँग सहमतिका सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ्न खोजेकाले तत्काल एकताको आधारमा महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गएको समूहको ठहर छ। शुक्रबार काठमाडौँस्थित नेता पूर्णबहादुर खड्काको निवासमा बसेको इतर समूहका नेताहरूको बैठकपछि नेता मीन विश्वकर्माले संस्थापन पक्षको […]

  2. गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ । शुक्रबार पूर्णबहादुर खड्का निवास गोल्फुटार काठमाडौंमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष निरन्तर एकतर्फी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताए । यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी […]

  3. गोल्फुटार बैठकको निष्कर्ष- सहमतिको सम्भावना क्षीण हुँदैछ

    काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग सहमतिको सम्भावना क्षीण रहेको निष्कर्ष निकालेको छ। पूर्णबहादुर खड्का निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्माले एकताको महाधिवेशन हुने सम्भावना टर्दै गएको बताए। उनले भने, ‘आज हामी जुन पोजिसनमा छौँ, त्यही पोजिसनले एकताको महाधिवेशनका सम्भावना क्षीण भएर गएका छन्। कांग्रेस लोकतान्त्रिक पार्टी भएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.