पूर्वसूचनाबिनै कोशी प्रदेशमा गृहमन्त्रीको छड्के अनुगमन
गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिई कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । गृहमन्त्री गुरुङ शुक्रबार साँझ कोशी प्रदेशका केही सीमा नाकाहरूको निरीक्षणमा पुगेका हुन्।सुरक्षा निकायका माथिल्लो तहका अधिकारीहरूलाई समेत पत्तो नदिई उनी कोशीका तराईका जिल्लाहरूमा केन्द्रित भएका छन्।केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको निरीक्षण गरेका मन्त्री गुरुङ शुक्रबार साँझमा सुनसरीका विभिन्न नाकाहरू पुगेका थिए। सुनसरीको वस्तुस्थिति बुझेर उनी मोरङ छिर्ने तयारीमा

