गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने पक्रियामा छ- सरकारका प्रवक्ता
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने प्रक्रियामा रहेको बताएका छन् ।उनले केही प्रक्रिया पूरा गरेर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा मन्त्री पोखरेलले भने, ‘त्यो प्रतिवेदन सार्वजनिक हुन्छ । नियमित प्रक्रियामा छ, प्रक्रिया पूरा भएर सार्वजनिक हुन्छ ।’गृहमन्त्री गुरुङ सम्पत्ति सम्बन्धी वि
