राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बुधबारको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव पेस हुने भएको छ ।राष्ट्रियसभाका सदस्य रेनु चन्दले महिला हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

