
अवैध लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । […]
