Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 12h ago

कर्णालीका प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी बुधबार अस्वस्थ हुनुभएको छ। सुर्खेतस्थित प्रदेश सभा बैठकमा सम्बोधन गरिरहँदा जोशीको स्वास्थ्यमा समस्या देखिएपछि बाँकी अंश मुख्यमन्त्री यामलाल कँडेलले वाचन गर्नुभएको थियो। प्रदेश प्रमुखले केही बुँदाहरू पढेपछि असहज महसुस गरेपछि मुख्यमन्त्रीले कार्यक्रमको प्रस्तुतिलाई पूर्णता दिनुभएको हो।

Summary by Jayaman

3publishers
5headlines
1in last 24h
Span: 22 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा प्रदेश प्रमुख अस्वस्थ, मुख्यमन्त्री कँडेलले नै वाचन गर्ने

सुर्खेत। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ। तर सुरुमै प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहज भएको छ । जोशीले केही बुँदा पढ्दै गर्दा स्वास्थ्यमा असहज भएको

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 13h ago
  1. Earlier today
    1. कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि,पूर्वाधार र सुशासन प्राथमिकतामा

      सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ वाचन गरेका थिए। बैठकमा प्रदेश प्रमुखले तय गरेका […]

  2. Yesterday
    1. कर्णाली सरकारको नीति तथा कार्यक्रमबारे विपक्षी दलको टिप्पणीः अल्छी मानेर लेखिएको गन्तव्यविहीन दस्तावेज

      सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष (२०८३/०८४)को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेपछि प्रदेश सभामा मुख्यमन्त्री यामलाल कँडेल आफैँले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ)

      सुर्खेत– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ वाचन गरेका थिए। बैठकमा प्रदेश प्रमुखले तय गरेका […]

    3. कर्णालीका प्रदेश प्रमुख अस्वस्थ, मुख्यमन्त्रीले नै वाचन गरे नीति तथा कार्यक्रम

      २० जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा असहजता भएपछि मुख्यमन्त्री यामलाल कंडेलले नै सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम बुधवारको प्रदेश सभा बैठकमा प्रस्तुत भइरहेको छ । सुरुमा प्रदेश प्रमुख जोशीले नै नीति तथा कार्यक्रम वाचन गरेका थिए । […]

Karnali Chief Minister Presents Policy After Province Head Falls Ill · K cha khabar