Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

नेविसंघका नेताहरू पक्राउ परेकोमा नेपाली कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौंको सिंहदरबार दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघका ६ जना नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा समस्याका बारेमा दिएको अभिव्यक्तिको विरोधमा प्रदर्शन गर्ने राजकुमार बस्नेत र अर्जुन कार्की लगायतका नेताहरूलाई नियन्त्रणमा लिइएको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै उक्त पक्राउको विरोध जनाएका छन् र उनीहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

Summary by Jayaman

3publishers
3headlines
Span: 22 minNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

विद्यार्थी नेताहरू पक्राउप्रति कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभाको रोस्टममा दिएको सीमा समस्यासम्बन्धी अभिव्यक्तिलाई लिएर भएको विवाद चर्किँदै जाँदा सिंहदरबार दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेविसंघका राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको हो। उक्त घटनाप्रति […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
    1. नेविसंघका ६ विद्यार्थी नेता पक्राउ, तत्काल रिहा गर्न कांग्रेसको माग

      नेपाली कांग्रेसले सिंहदरबारस्थित दक्षिण गेटमा प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् ।प्रहरीले नेविसंघमा आबद्ध राजकुमार बस्नेत, अर्जुन कार्की, आ

      Lokaantar logoLokaantarPrivatestory3 publishers
    2. सिंहदरबार गेटबाट विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति, अविलम्ब छाड्न माग

      काठमाडौं । नेपाली कांग्रेसले पार्टीनिकट विद्यार्थी सङ्गठन नेविसंघका नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री बालेन शाहको गैर जिम्मेवार पूर्ण अभिव्यक्तिविरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको बेलामा पक्राउ गरिएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए। उनका अनुसार पक्राउ पर्नेमा नेविसंघमा आबद्ध विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन […]

Nepali Congress Demands Release of Arrested Nepal Student Union Leaders · K cha khabar