
शान्ति स्थापनामा नेपालको गौरवपूर्ण योगदान : ४४ मिसनमा १ लाख ६२ हजारभन्दा बढी नेपाली शान्ति सैनिक परिचालन
पाँचखाल काभ्रे । संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र (BPOTC) मा आयोजित कार्यक्रममा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति स्थापना कार्यमा नेपाली सेनाले हासिल गरेको अन्तर्राष्ट्रिय प्रतिष्ठा नेपालको गौरवको विषय भएको बताए। […]


