Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15 Maylast: 10h ago

फिफा विश्वकप २०२६ को समूह विभाजन सार्वजनिक, अर्जेन्टिना र ब्राजिल सहज समूहमा

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ को समूह विभाजन सार्वजनिक भएको छ। साविक विजेता अर्जेन्टिना समूह 'जे' मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँगै परेको छ भने ब्राजिल समूह 'सी' मा मोरक्कोसँग भिड्नेछ। फ्रान्स समूह 'आई' मा सेनेगल र नर्वेको सामना गर्दैछ भने आयोजक अमेरिका रहेको समूह 'डी' मा अस्ट्रेलिया र टर्किए रहेका छन्। स्पेन र उरुग्वे जस्ता बलिया टोलीहरू समूह 'एच' मा परेका छन्।

Summary by Jayaman

4publishers
19headlines
3in last 24h
Span: 2 weeksNE onlyUpdated 10h ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

‘अपसेट’ को सम्भावना बोकेको समूह ‘सी’ : ब्राजिललाई कति चुनौती ?

१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा बलियो टोली ब्राजिल सहित मोरक्को, हाइटी र स्कटल्यान्ड छन् । यो समूहलाई विश्वकप २०२६ को निकै रोचक र प्रतिस्पर्धात्मक समूहका रूपमा हेरिएको छ । दक्षिण अमेरिका, अफ्रिका, उत्तर अमेरिका र युरोपका फरक फुटबल शैली बोकेका चार टोली एउटै समूहमा हुँदा यहाँको प्रतिस्पर्धा झन् आकर्षक […]

Coverage

18 more headlines since

first · 15 Maylatest · 10h ago
  1. 3–12 hours ago
    1. फिफा विश्वकप : समूह ‘के’ मा पोर्चुगल र कोलम्बिया अगाडि, चुनौती बन्लान् उज्बेकिस्तान र कङ्गो ?

      १८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘के’ लाई २०२६ विश्वकपको सबैभन्दा सन्तुलित र अप्रत्याशित नतिजा दिन सक्ने समूहमध्ये एक मानिएको छ । यहाँ युरोपेली शक्ति पोर्चुगल, दक्षिण अमेरिकी टेक्निकल टोली कोलम्बिया, पहिलो पटक विश्वकपमा पुगेको मध्य एसियाली टोली उजबेकिस्तान र अफ्रिकी पुनरागमनको कथा बोकेको कङ्गो रहेका छन् । कागजमा पोर्चुगल बलियो देखिए […]

  2. Earlier today
    1. विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर

      काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने अभियानमा छन् । फिफा विश्वकप २०२६ का लागि अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । यस समूहमा लामो समयपछि विश्वकपमा पुनरागमन गरेका अल्जेरिया र अस्ट्रिया तथा नवप्रवेशी जोर्डन छन् । फिफाले ४८ राष्ट्रको विश्वकप गरेपछि जोर्डनले पहिलो पटक खेल्ने अवसर पाएको […]

    2. ग्रुप अफ डेथ समूह ‘एल’

      न्युयोर्क, जेठ १९ गते । विश्वकप फुटबल प्रतियोगिता–२०२६ को समूह ‘एल’ लाई सबभन्दा कठिन मानिएको छ । यस समूहमा इङ्ग्ल्यान्ड, क्रोएसिया, पनामा र घाना रहेका छन् । विश्वकपमा पहिलो पटक ४८...

  3. Yesterday
    1. विश्वकप २०२६: समूह सी मा ब्राजिललाई सहज प्रतिद्वन्द्वी

      पाँचपटकको विश्व च्याम्पियन ब्राजिल जून ११ देखि सुरु हुने फिफा विश्वकपअन्तर्गत समूह सी मा परेको छ । यस समूहमा ब्राजिलको प्रतिद्वन्द्वीहरू औसत खालका टिमहरू रहेका छन् । यसअनुसार ब्राजिलको लागि समूह चरण कटानउन त्यति समस्या नपर्ला । ब्राजिल ब्राजिल फिफा विश्वकपमा सर्वाधिक उपाधि जित्ने टिम हो । अहिलेसम्म ब्राजिलले ५ पटक विश्वकपको उपाधि जितिसकेको छ […]

  4. Older
    1. समूह ‘जे’मा अर्जेन्टिना बलियो

      न्युयोर्क, जेठ १७ गते । लियोनेल मेसी र अर्जेन्टिना छ दशकपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा रहेको छ । अर्जेन्टिना सहज समूहमा पनि परेको छ । अर्जेन्टिना रहेको समूह...

    2. एम्बापे, हालान्ड र मानेले खेल्ने समूह ‘आई’

      न्युयोर्क, जेठ १६ गते । विश्वकप फुटबल–२०२६ को समूह आईमा उपाधि दाबेदार फ्रान्स र दक्षिण अफ्रिकाको बलियो टिम सेनेगल परेका छन् । न्यु जर्सीको मेटलाइफ रङ्गशालामा पहिलो खेल सेनेगलविरुद्...

    3. विश्वकप २०२६: समूह बी स्विट्जरल्यान्डको लागि सहज समूह

      अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त आयोजना हुने फिफा विश्वकपअन्तर्गत समूह बी मा स्विट्जरल्यान्ड नै बलियो हुने देखिएको छ । यस समूहमा सहआयोजक क्यानडा, बोस्निया हर्जगोभिना र कतार जस्ता कमजोर टोली रहेको हुँदा स्विट्जरल्यान्डको लागि नकआउट पुग्न कुनै कठिनाई हुने छैन । बिगतमा पनि स्विट्जरल्यान्डले राम्रो प्रदर्शन नै गरेको आधारमा यति दाबी गर्न सकिन्छ । स्विट्जरल्यान्ड […]

    4. दुई विश्व च्याम्पियन रहेको समूह ‘एच’

      न्युयोर्क, जेठ १५ गते । विश्वकप फुटबल–२०२६ को समूह ‘एच’ मा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकाका पावसहाउस उरुग्वे रहेका छन् । सो टिममा चार वर्षअघि लियोनेल मेसीको अर्जेन्टिना...

    5. फिफा विश्वकप २०२६ : समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना सबैभन्दा बलियो

      १२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जे’ लाई सबैभन्दा सहज तर बहुआयामिक समूह मानिएको छ । यो समूहमा विश्व च्याम्पियन अर्जेन्टिना, १२ वर्षपछि विश्वकपमा फर्किएको अल्जेरिया, २८ वर्षपछि पुनरागमन गरेको अस्ट्रिया र पहिलो पटक विश्वकप खेल्दै गरेको जोर्डन छन् । कागजमा हेर्दा अर्जेन्टिनाको बाटो सहज देखिए पनि यो समूहमा अपसेटको सम्भावना प्रशस्त […]

    6. फिफा विश्वकप २०२६ : समूह ‘आई’ मा बलियो फ्रान्सलाई नर्वेको चुनौती

      ११ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ लाई अनुभव, भावनात्मक कथा र नयाँ चुनौतीहरूको रोचक मिश्रणका रूपमा हेरिएको छ । युरोपेली महाशक्ति तथा फिफा वरियताको शीर्षस्थानमा रहेको फ्रान्स यस समूहको स्पष्ट दाबेदार हो, तर अफ्रिकी च्याम्पियन सेनेगल, ४० वर्षपछि विश्वकपमा फर्किएको इराक र एर्लिङ हालान्डको नेतृत्वमा पुनरागमन गरेको नर्वेले समूहलाई अत्यन्तै […]

    7. अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो

      न्युयोर्क, जेठ ११ गते । विश्वकप फुटबल–२०२६ को समूह ‘डी’ मा आयोजक अमेरिकाले चिरपरिचित प्रतिद्वन्द्वी पाएका छन् । सो समूहमा अस्ट्रेलिया, पाराग्वे र टर्किए पनि छन् । अमेरिकाले यी तिनै...

    8. समूह ‘एच’ मा स्पेन र उरुग्वे बलियो, साउदी र केप भर्डे अपसेटको खोजीमा

      १० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘एच’ लाई रोचक र सन्तुलित समूहहरूमध्ये एक मानिएको छ । युरोप, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका फरक शैलीका टोली एउटै समूहमा हुँदा यहाँ अनुभव, रणनीति र शारीरिक क्षमताको रोचक भिडन्त हुने देखिन्छ । युरोपेली च्याम्पियन स्पेन स्वाभाविक रूपमा समूहको प्रमुख दाबेदार हो भने दुईपटकको विश्वविजेता उरुग्वे […]

    9. समूह ‘सी’ मा देखिने छ चार महादेशको फुटबल शैली

      न्युयोर्क, जेठ १० गते । विश्वकप फुटबल प्रतियोगिता २०२६ को समूह ‘सी’ सर्वाधिक पाँच पटकको विजेता ब्राजिल र अफ्रिकी पावरहाउस मोरोक्कोको उपस्थितिले हेर्नलायक बनेको छ । सो समूहमा विश्वक...

    10. अनुमान गर्न कठिन समूह ‘ए’

      न्युयोर्क, जेठ ७ गते । उत्तर अमेरिकी महादेशका तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता फिफा विश्वकप फुटबलको २३ औँ संस्करण हुँदै छ । जुन ११...

    11. फिफा विश्वकप २०२६ : अप्रत्याशित नतिजा दिन सक्ने समूह ‘जी’

      ६ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड छन् । यस समूहलाई अनुभव, रणनीति र मानसिक दृढताको परीक्षा हुने समूहका रूपमा हेरिएको छ । युरोप, अफ्रिका, एसिया र ओसिनियाका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा यहाँको प्रतिस्पर्धा निकै रोचक बन्ने देखिन्छ । बेल्जियम समूहको स्पष्ट फेभोरिट […]

    12. फिफा विश्वकप २०२६ : समूह ‘एफ’ मा नेदरल्यान्ड्स बलियो, अन्य टिम कस्ता ?

      ५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ लाई सबैभन्दा सन्तुलित तर प्रतिस्पर्धात्मक समूहमध्ये एक मानिएको छ । यहाँ युरोप, एसिया र अफ्रिकाका फरक शैलीका टोलीहरू एउटै समूहमा हुँदा खेलको स्तर उच्च रहने अपेक्षा गरिएको छ । युरोपेली शक्ति नेदरल्यान्ड्स यस समूहमा स्पष्ट दाबेदारका रूपमा देखिएको छ, तर निरन्तर सुधार गरिरहेको जापान, संगठित स्वीडेन […]

    13. फिफा विश्वकप : समूह ई मा अनुभवी र उदीयमान टोलीबीच टक्कर

      ३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह ‘ई’ लाई अनुभव र उदीयमान शक्तिबीचको रोचक भिडन्तका रूपमा हेरिएको छ । यो समूहमा जर्मनी, इक्वेडर, आइभरी कोस्ट र कुराकाओ छन् । युरोप, दक्षिण अमेरिका, अफ्रिका र क्यारिबियन क्षेत्रका फरक फुटबल शैली बोकेका टोली एउटै समूहमा हुँदा यहाँको प्रतिस्पर्धा थप आकर्षक बनेको छ । चार पटकको […]

    14. फिफा विश्वकप : समूह ‘डी’ मा शक्ति सन्तुलनको परीक्षा

      २ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ लाई विश्वकप २०२६ को सन्तुलित र अप्रत्याशित नतिजा आउन सक्ने समूहका रूपमा हेरिएको छ । उत्तर अमेरिका, दक्षिण अमेरिका, ओसिनिया र युरोपका चार फरक शैलीका टोली एउटै समूहमा हुँदा प्रतिस्पर्धा झन् रोचक बन्ने देखिन्छ । घरेलु समर्थकको साथ पाएको अमेरिका, अनुशासित खेल प्रदर्शन गर्ने पाराग्वे, […]

FIFA World Cup 2026 Group Stage Draw Reveals Key Matchups · K cha khabar