Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

68 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

Yesterday

27

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको १५ लाख सहयोग

१५ भदौ, पर्सा । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए। विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा […]

बाढी प्रभावितको राहत र उद्धारमा नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।

विपद्‍मा शंकर ग्रुपको ४ करोड सहयोग, २५ लाख बराबरको टेन्ट पनि वितरण

१६ भदौ, काठमाडौं । देशमा आइपरेको पछिल्लो प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ । शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को […]

प्रधानमन्त्री राहत कोषमा सोमबारसम्म झन्डै ६ खर्ब ३६ करोड भन्दा बढी रकम जम्मा

दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तर कुमार खत्री र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सोमबार हस्तान्तरण गरे । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक […]

सिप्रभ्य समूहका सिप्रदी तथा भोटेकोशी पावरद्वारा उद्धार कोषमा ५ करोड सहयोग

१५ भदौ, काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् । बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न उक्त रकम उपयोग हुने विश्वास गरिएको छ । […]

पुन:निर्माणका काम तीव्र रूपमा अघि बढाइन्छ : अर्थमन्त्री वाग्ले

१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट उत्पन्न समस्याको समाधान र पुन:निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित सरोकारवाला निकायहरूको बैठकमा बोल्दै उनले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टाछुट्टै कार्यदल (टास्क फोर्स) गठन गरिने जानकारी दिएका हुन् । अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, […]

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।

शारडा ग्रुपद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग

१५ भदौ, काठमाडौं । vशारडा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ। भोटेकोशी नदी क्षेत्रमा आएको बाढीपहिरोबाट रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षति तथा प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको हो। शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले सोमबार अर्थमन्त्रीको कार्यालयमा उपस्थित […]

उद्धार कोषमा माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

१५ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले हालै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका अध्यक्ष रोशन के.सीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे । बाढी तथा पहिरोका कारण […]

उद्धार कोषमा रकम पठाउँदा हुन सक्ने ठगीबाट कसरी जोगिने ?

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा सचेत हुन केन्द्रीय बैंकले अनुरोध गरेको छ । नक्कली बैंक खाता वा क्यूआर प्रयोग गरी हुन सक्ने ठगीबाट बच्न सावधानीपूर्वक अधिकारीक स्रोतबाट आएको क्यूआर वा खाता नम्बर मात्र प्रयोग गर्न केन्द्रीय बैंकले सुझाएको छ । पछिल्लो समयमा कोषको नाममा नक्कली क्यूआर कोड तथा […]

बाढीपीडितका लागि पतञ्जलीले सरकारी कोषमा जम्मा गर्‍यो २ करोड ११ लाख

१५ भदौ, काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूको सहयोगार्थ २ करोड ११ लाख रुपैयाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो । पतञ्जलि नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम प्रदान गरेका […]

रसुवा बाढीपीडितका नाममा स्वेच्छिक राहत संकलन नगर्न सिरहा प्रशासनको आग्रह

१५ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि सिरहा जिल्लाका विभिन्न स्थानबाट राहत सामग्री संकलन भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले स्वेच्छिक रूपमा राहत सामग्री संकलन नगर्न/नगराउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सोमबार सूचना जारी गर्दै बाढीपीडितका लागि राहत सामग्री उपलब्ध गराउन इच्छुक व्यक्ति, संघ–संस्था वा […]

दिव्य देवको भूमिका रहेको ‘बा : एक योद्धा’ को प्रदर्शन मिति सर्‍यो

१५ भदौ, काठमाडौं । रसुवा बाढीले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै दिव्य देव लिड कलाकार रहेको ‘बा: एक योद्धा’ को प्रदर्शन सारिएको छ । यसअघि १९ भदौबाट देशभर रिलिज हुन लागेको फिल्मको प्रदर्शनी मिति सारिएको हो । निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्टका अनुसार अब यो फिल्म २४ मङ्सिरमा रिलिज हुनेछ । यस फिल्म परिवारले प्रधानमन्त्री […]

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी पीडितहरूको व्यवस्थापन तथा पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताए । नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ […]

रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराए।

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न उठेको छ ।

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । प्राकृतिक विपतका कारण रसुवा, […]

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट उपलब्ध राहत बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० लाख रुपैयाँ बुझाउनुभएको छ । सबै गरेर एक करोड २० […]

‘पार्वती’ ले ओपनिङको ११ लाख अर्थमन्त्रीलाई बुझायो, लाइफटाइमको ५ प्रतिशत पनि दिने

काठमाडौं । फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए […]

‘कन्दरा’ को एटलान्टा कन्सर्टबाट संकलित १३ हजार डलर प्रधानमन्त्री कोषमा प्रदान

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ । कन्सर्टबाट उठेको रकम भोटेकोशी बाढी पीडितको लागि प्रदान गरिएको जानकारी गायक विवेक श्रेष्ठले अनलाइनखबरलाई दिए । कन्दराले कूल १३ हजार ६७० डलर (२१ लाख रुपैयाँ) रकम प्रधानमन्त्री कोषमा प्रदान गरेको हो । कन्सर्ट सकिए लगत्तै […]

कन्दरा ब्यान्डले बाढीपीडितका लागि जुटायो २१ लाख

भदौ १५, काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपाली सांगीतिक ब्यान्ड कन्दराले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ । रिदम अफ चेन्ज – नर्थ अमेरिका टुरअन्तर्गत आयोजित सांगीतिक कार्यक्रमका क्रममा संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । १० भदौमा आएको विनाशकारी बाढी र पहिरोपछि कन्दरा […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट आएको रकम उद्धार कोषमा जम्मा हुने

१५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले भोटेकोशी बाढीपीडितको सहयोगका लागि लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ । एनभीएलले भदौ १९ गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढीपीडितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो […]

यस्तो छ बाढी प्रभावित रसुवा पुग्ने वैकल्पिक मार्ग

१५ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका केही सडक सञ्‍चालनमा आएका छन् । मुख्य सडक सञ्चालनमा आइनसकेको अवस्थामा सरकारले ती वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । अत्यावश्यक हेली उद्धार आवश्यक नभएकाहरुले ती मार्गहरु प्रयोग गर्न सक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले हाल रसुवार धादिङ जोड्ने वैकल्पिक […]

कर्णालीका कांग्रेस सांसदद्वारा बाढीपीडितका लागि २ लाख २५ हजार सहयोग

१५ भदौ, सुर्खेत । कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि २ लाख २५ हजार सहयोग गरेका छन्। सांसदहरूबाट सहयोगस्वरूप प्राप्त उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिंगापुर बेभरेजेजको २० लाख सहयोग

१५ भदौ, काठमाडौं । झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ । राष्ट्र र नागरिकमाथि परेको यस […]

Older

41

रसुवा र नुवाकोटमा २६ अस्थायी अश्रयस्थल र राहत वितरण केन्द्र सञ्चालन

रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

प्रधानमन्त्री राहत कोषमा हालसम्म कति भयो रकम जम्मा ?

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन् ।

जावलाखेल ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३ करोड हस्तान्तरण

१२ भदौ, काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी)ले हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको […]

एमालेले औंल्यायो सरकारले तत्काल गर्नुपर्ने ८ काम

१४ भदौ, काठमाडौं । नेकपा एमालेले रसुवामा गएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिमा सरकारले तत्काल गर्नुपर्ने ८ काम औंल्याएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी गएको थियो । उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूका रसुवागढी, टिमुरे, स्याफ्रुवेशी, मैलुङ, बेत्रावती, त्रिशुली, ढुंगे, देवीघाट लगायतका बस्तीहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ […]

बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्रीका सल्लाहकार भेटेर रास्वपा सभापति भेट्न बनस्थली पुगे बागमतीका मुख्यमन्त्री

१४ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकालसँग भेट गरेका छन् । रसुवाको विनाशकारी बाढीपछिको अवस्थाका सन्दर्भमा उनीहरूबीच भेट भएको हो । मुख्यमन्त्री थापा मगरले आइतबार बिहान प्रधानमन्त्रीका सल्लाहकार ढकालसँग भेटेको जानकारी दिए । मुख्यमन्त्री थापा दिउँसो रास्वपा सभापति रवि […]

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

रवि लामिछाने र बागमतीका मुख्यमन्त्रीबीच भेटवार्ता, तीन तहका समन्वयबारे छलफल

रास्वपा पार्टी कार्यालय बनस्थलीमा भएको भेटमा मुख्यमन्त्री किरण थापाले विपद्पछिको अवस्थामा तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका छन् ।

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड सहयोग

१४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते आएको बाढीका कारण प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउन कम्पनीले उक्त रकम उद्धार कोषलाई प्रदान गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हिमालयन बुलियनले सो रकम हस्तान्तरण गरेको छ । […]

बाढीपीडितको सहयोगमा जुट्दै कलाकार

१४ भदौ, गत १० भदौमा भएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा नेपाली कलाकारहरू सक्रिय भएका छन् । देश, विदेश रहेका कलाकारहरू सक्रिय भएर लागिपरेका हुन् । उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्नुका साथै कतिपय ठाउँमा राहत लिएर पुगिरहेका छन् । वर्षा शिवाकोटीले ३ लाख सहयोग गरिन् । कन्टेन्ट क्रियटर तथा अभिनेता […]

रसुवा बाढी प्रभावितलाई नाइमाको ५० लाख सहयोग

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ बैंकद्वारा उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

१४ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद् प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । […]

भोटेकोशी बाढीपीडितका लागि गीतकार संघको सहयोग

१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागिआर्थिक सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार आर्थिक सहयोग गरेको हो । बाढी पहिरोबाट भएको जनधनको क्षति र मानवीय पीडाको यस घडीमा आफ्नो सानो सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने विश्वासले सहयोग गरिएको […]

बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

१४ भदौ, झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाखसहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत […]

बाढीपीडितलाई गुल्मीका ४ स्थानीय तहको २२ लाख ९५ हजार सहयोग

१४ भदौ, गुल्मी । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुल्मीका चार स्थानीय तहबाट २२ लाख ९५ हजार ८०० रुपैयाँ सहयोग हुने भएको छ । गुल्मीका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मदाने गाउँपालिका र मालिका गाउँपालिकाले सहयोगको घोषणा गरेका हुन् । रेसुङ्गा नगरपालिकाले १० लाख, गुल्मीदरबार गाउँपालिकाले ५ लाख, मालिका गाउँपालिकाले ३ लाख र मदाने […]

‘पार्वती’ ले ओपनिङबाट निर्माताको भागमा आउने ११ लाख प्रधानमन्त्री कोषमा दिने

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पार्वती’ले शुक्रबार पहिलो दिनको कमाइलाई प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरिसकेको छ । यस्तोमा, निर्माताले कोषमा प्रदान गर्ने रकमबारे टुंगो लागेको छ । वितरक करण श्रेष्ठका अनुसार फिल्मले शुक्रबार घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइबाट निर्माताको भागमा आउने ११ लाख ३ हजार […]

श्रीमतीको उपचार गर्न जुटाएको पैसा बाढीमा गुमाएका व्यक्तिलाई आश्मा र नीतिको सहयोगी हात

काठमाडौं । भोटेकोशी बाढीले प्रभावित एक परिवारलाई मिस नेपालले आर्थिक सहयोग प्रदान गरेका छन् । १० भदौको बिहान भोटेकोशीमा उर्लिएको बाढीमा रसुवाको उत्तरगया-५, बेत्रावतीका राजकुमार डंगोलले पनि सबथोक गुमाए । सबैभन्दा ठूलो पीडा चाहिँ मिर्गाैला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि उनले जुटाएको २५ लाख रुपैयाँ र गरगहना गुमाउँदा भयो । दुःख गरेर कमाएको रकम र […]

कप्तान सन्दीपले एक महिनाको तलब दैवी प्रकोप उद्दार कोषमा सहयोग गर्ने

१४ भदौ, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् […]

आफन्तको अनुमतिबिना शव व्यवस्थापन गरेकोप्रति कांग्रेसको आपत्ति

१४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ । पार्टीका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले […]

बाढी प्रभावितका लागि सानिमा बैंकको २ करोड २५ लाख सहयोग

१४ भदौ, काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो […]

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

१४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली, देवीघाट लगायतका स्थानमा भएको ठूलो क्षतिप्रति मुदिुःख व्यक्त गर्दै बैंकले सो सहयोग प्रदान गरेको छ । यस विपत्तिमा जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै […]

बाढी पीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढी पीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले बाढीमा परी […]

प्रधानमन्त्री कोषमा पद्‌मा ज्योति समूहको १ करोड सहयोग

१४ भदौ, काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्‌मा ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पद्‌मा ज्योति समूहले सो रकम हस्तान्तरण गरेको छ । कोषमा विभिन्न निजी क्षेत्रबाट सहयोग […]