Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

60 headlines · 35 publishers

Unfiltered, reverse-chronological feed direct from 35 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

3

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्। ‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांसद तामाङले यो विषयमा प्रधानमन्त्री शाहले संसदमा आएर जवाफ दिनुपर्ने तर्क गरेकी छन्। उनको विपक्षीको लगातारको अवरोधका कारण सभामुख डीपी अर्यालसमेत निरीह बन्दै गएको जिकीर गरेकी छन्। ‘हरेक दिन सभामुखको […]

रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीमा दुई नेताबीच भेटवार्ता भएको हो । सभापति लामिछानेले आजै भारतीय विदेशमन्त्री एस जयशङ्कर र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आजका समाचार : सीमा विवादबारे वालेन्द्रको दाबीमा भारतले जवाफ फर्कायो, संसद्‌मा विपक्षीको विरोध यथावत, रविलाई दिल्लीमा स्वागत र भारत-अमेरिका व्यापार सम्झौता नजिक

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छसरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्। ‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू […]

3–12 hours ago

15

प्रधानमन्त्रीले माफी मागुन्, नदीले बाटो फेर्दैमा सीमा मिचेको मानिँदैन : पूर्वराजदूत आचार्य

काठमाडौं- भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूभाग मिचेको अभिव्यक्ति अपरिपक्क र गलत सूचनाका आधारमा बोलिएको बताउँछन् । सीमा समस्या पहिचान र समाधान गर्न बनेको नेपाल-भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) का सदस्य समेत रहेका उनी दुई ९७-९८ प्रतिशत स्थानमा सीमा विवादको समाधान भइसकेको दाबी गर्छन् । तथ्यभन्दा बाहिर बोलेकाले सदनबाटै नेपाली जनता […]

भारतीय विदेश मन्त्रालयको टिप्पणीपछि प्रधानमन्त्रीसँग भीम रावलले मागे जवाफ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नेपालको अतिक्रमित भूमिको विषयमा बेलायत सरकारलाई वार्तामा संलग्न गराउने अभिव्यक्ति दिएको स्मरण गराएका छन् । उनले उक्त अभिव्यक्तिपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ताले […]

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुन सक्ने संकेत गरेका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुर्लाकोटीले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेलाई त्यहाँ प्राप्त सम्मानप्रति खुसी व्यक्त गरे। उनले भाजपाले नै भ्रमणको व्यवस्थापन गरिरहेकाले प्रधानमन्त्री मोदीसँग भेटवार्ताका […]

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन् । बिहीबार नयाँ दिल्लीमा सभापति रविले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा भारतीय विदेशसचिव विक्रम मिस्री पनि सहभागी छन् । मिस्री केही समयअघि नेपाल आउने चर्चा थियो । यद्यपि प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट हुने निश्चित नभएपछि […]

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

काठमाडौं- नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले प्रष्ट पारेको छ । बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीचको सीमा विवाद पूर्ण रूपमा द्विपक्षीय विषय भएको उल्लेख गर्दै यसमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । नेपालका प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेका […]

सीमा विवादको प्रश्नमा कविन्द्रले भने- प्रधानमन्त्रीबाटै यसको जवाफ आउँछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरूले राखेका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् । विपक्षी दलसँगको छलफलमा पनि आफूले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने […]

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भव्य स्वागत गरिएको छ । नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा सभापति लामिछानेलाई भव्य स्वागत गरिएको हो । भाजपाद्वारा जारी गरिएको विज्ञप्ति अनुसार रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ । […]

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुवै देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत पुगेको […]

नेकपा सांसद दुलालद्वारा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे रास्वपाको धारणा माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीकफ अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् । ‘प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय […]

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं– सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए […]

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकपछि बोल्दै उनले बालेन संसद्मा दिएको अभिव्यक्तिको बचाउ गरेका हुन्। ‘नेपालले भारतको भूभाग कब्जा गरेको खबर दिल्लीबाटै आएको भएर अचम्मित छु भन्नू भएको हो’, उनले भने, ‘त्यसबारेमा परराष्ट्र मन्त्रालयले आवश्यक वक्तव्य दिइसकेको छ।’ […]

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौँ)लाई मनोनयन गरेको छ । रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय […]

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति

नयाँदिल्ली– पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्माका सैन्य समर्थित राष्ट्रपति मिन आङ ह्लाइङसँग नयाँदिल्लीमा वार्ता गरेपछि भारतले ‘संलग्नता नै व्यवहारिक विकल्प’ भएको आफ्नो धारणा दोहोर्‍याएको हो । भारतीय विदेश सचिव विक्रम […]

Khabarhub logoKhabarhubPrivate3 publishers

भारत-अमेरिका व्यापार सम्झौता नजिक

नयाँदिल्ली– भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिएका छन् । दुवै देशबीच लामो समयदेखि जारी वार्ता तीव्र बनेसँगै प्रारम्भिक सम्झौताको ‘करिब ९९ प्रतिशत’ काम पूरा भइसकेको दाबी गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डल दक्षिण र मध्य एसियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा […]

Khabarhub logoKhabarhubPrivate2 publishers

भाजपा मुख्यालयमा बाजागाजा र पुष्पवर्षासहित रवि लामिछानेको भव्य स्वागत

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछालाई भारतीय जनता पार्टी (भाजपा)ले भव्य स्वागत गरेको छ । नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पुगेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई बाजागाजा र पुष्पवर्षासहित स्वागत गरिएको हो । मुख्यालयमा उनलाई भाजपाका नेता एवम् नेपाल मामिलाका जानकार नितिन नवीन लगायतले स्वागत गरेका हुन् । मुख्यालयमा […]

Earlier today

2

‘हिन्दुस्तान टाइम्स’मा रविको लेख : भारतसँगको सम्बन्धलाई विकास र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड

काठमाडौँ – सोमबार पाँच दिने भ्रमणका लागि भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतसँगको सम्बन्धलाई विकास, लगानी र व्यापारमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । सत्तारुढ दलका सभापति लामिछानेले भारतसँगको सम्बन्धलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने भन्दै यस्तो विचार सार्वजनिक गरेका हुन् । मंगलबार भारतको चर्चित दैनिक पत्रिका ‘द हिन्दुस्तान टाइम्स’मा प्रकाशित […]

Khabarhub logoKhabarhubPrivate6 publishers

दिल्ली पुगेका रवि लामिछानेले आज शीर्ष नेतालाई भेट्दै

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज राजनीतिक भेटवार्ता गर्दै छ । भ्रमण टोलीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेतासँग भेटवार्ता गर्न लागेको हो । भेटका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य […]

Yesterday

19

बालेनको ‘ब्लन्डर’को बचाउ गर्दा बब्लुले भारतीयलाई बनाइदिए नेपाली नागरिक

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा पहिलो पटक उभिएर नेपालले भारतीय भूमि मिचेको भनेपछि देखिएको राजनीतिक तरंग अझै जारी छ। बालेन वरिष्ठ नेताका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अधिंकाश नेता-कार्यकर्ता र सांसद उनको भनाइको बचाउमा जोडतोडले लागेका छन् । कतिपयले त बालेनले अहिलेसम्मकै साहसी प्रधानमन्त्रीका रुपमा नेपालले भारतीय भूमि मिचेको भनेर बोल्ने आँट गरेको तर्क […]

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका […]

दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत

काठमाडौं- भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीका शीर्ष नेताले स्वागत गरेका छन् । दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन् ।

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको दोस्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो । दोस्रो बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून […]

तरुण दलले माग्यो बालेन्द्रको राजीनामा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तरुण दलले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । सीमाका बारेमा प्रधानमन्त्रीको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध […]

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउनुपर्नेमा उक्त पार्टीले जोड दिएको हो । पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज एक प्रेस विज्ञप्तिमार्फत राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता प्रतिकूल तथा स्थापित […]

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभा १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरूले अवरोध जारी राखेका छन् । सोही क्रममा अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ । यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरू हटाएर दूरी बढाइएको हो। हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरू रोष्ट्रममै […]

ऐन महरको टिप्पणी : सेनाकहाँ दौरासुरूवालमा जाने प्रधानमन्त्री फुटबल पोशाकमा सदन आउँछन्

काठमाडौं- नेपालले भारतीय भूमि मिचेको भनेर गम्भीर अभिव्यक्ति दिएसँगै प्रधानमन्त्री वालेन्द्र शाह अर्को विवादमा परेका छन् । आइतबार अचानक संसद् भवनमा छिरेका उनले हात उठाउँदै सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोलेका थिए। त्यसक्रममा उनले प्रतिपक्षी दलका सांसदहरूका प्रश्नको जवाफ दिँदै नेपालले पनि भारतको भूमि मिचेको विवादित भनाइ दिएका थिए। उक्त भनाइपछि सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलहरू […]

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै एमालेको प्रदर्शन

काठमाडौं– नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउन माग गर्दै नेकपा एमालेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौं जिल्ला कमिटीले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा […]

निश्कलले मागे प्रधानमन्त्रीसँग हिसाब : नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ?

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् । त्यसले तीन करोड नेपालीको शिर निहुर्‍याएको पनि उनले बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिँदा सत्ता पक्षका सांसदहरूले ताली बजाएको कुरामा पनि आपत्ति जनाए । ‘संसद्मा प्रधानमन्त्रीले बोलेको […]

झाँक्रीले भनिन्- रवि भारत जानुपूर्व बालेनले बिनासूचना संसद्‍मा दिएको अभिव्यक्ति नियोजित हुनसक्छ

काठमाडौं– प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने मागेका थिए । राष्ट्रियसभा सदस्य रामकुमारी […]

एमालेले प्रधानमन्त्रीलाई भन्यो : संसद् र जनतासँग माफी माग्नू

काठमाडौं- प्रतिपक्षी नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको उल्लेख छ। एमालेले राष्ट्रिय सीमा र स्वाधीनतासम्बन्धी विषय कुनै दल वा सरकारको मात्र नभई सम्पूर्ण […]

प्रधानमन्त्रीमाथि खनियो नेकपा, विवादित भनाइ तत्काल सच्याउन माग

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको उल्लेख गरेका छन् । पार्टीले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेको छ। ज्वालाले अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमावर्ती […]

बालेनको ‘बबन्डर’बीच भारततिर रवि, मोदीसँग होला भेट ?

काठमाडौं- नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको भन्दै प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा उभिएर दिएको विवादास्पद अभिव्यक्तिको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारततिर लागेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीनको निम्तो स्वीकारेर रवि भारततिर लागेका हुन् । उनीसँग पत्नी निकिता पौडेल लामिछाने, केही सहयोगी र रास्वपाका सांसदरहरू पनि छन् । पाँचदिने […]

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षीको बैठक

काठमाडौं- सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । बैठक कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

रास्वपा सभापति लामिछाने भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् । लामिछाने जेठ २२ गते स्वदेश फर्कनेछन् । रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे बताएका थिए । लामिछानेले नयाँ दिल्लीमा […]

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले तीव्र आपत्ति जनाएका छन्। रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन्। उनले नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो सीमासम्बन्धी दाबीलाई निरन्तर कूटनीतिक रूपमा उठाउँदै आएको […]

प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै सुस्ताको तटबन्धमा भारतीय अवरोध !

नवलपरासी – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफका क्रममा दिएको अभिव्यक्तिको असर सीमा क्षेत्रमा देखिन थालेको छ । भारतसँगको सीमा समस्याबारे दिएको अभिव्यक्ति लगत्तै नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) टोलीले अवरोध सुरु गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काममा […]

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै, राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिमेकी मुलुक भारत भ्रमणमा जाँदैछ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आज दिउँसो १ बजे पाँच दिने भ्रमणका लागि भारत जान लागेका हुन् । भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप […]

Older

21

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति प्रदर्शन गरेको आरोप लगाएको छ । संसद्मा सीमाबारे दिएको अभिव्यक्ति भ्रामक र गैर जिम्मेवार रहेको कांग्रेसको भनाइ छ । संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक हास्यास्पद रहेको कांग्रेसको भनाइ छ । ‘वर्तमान परिप्रेक्ष्यमा दुईपक्षीय सीमा समस्या समाधानमा स्थापित कूटनीतिक च्यानल र संयन्त्रहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीले कुन […]

विपक्षीको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचनबारे राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराइएको छ । विपक्षी दलहरूको अवरोधबीच प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका हुन् । अर्को बैठक आजै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको […]

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्टिकरण दिन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘भारतले नेपालको भूमि मिचिरहेको मात्रै नभई नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै घिसिङले सामाजिक सञ्जालमार्फत […]

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले आइतबार साँझ मसाल जुलुससहित प्रदर्शन गरेका छन् । प्रधानमन्त्री शाहले संसद्मा सम्बोधनका क्रममा नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै युवा तथा विद्यार्थी संगठनहरूले त्यसको विरोधमा सडक प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको […]

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् । अनेरास्ववियु, अखिल (समाजवादी), अखिल (छैटौँ), अनेरास्ववियू (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी सङ्गठनका अध्यक्षहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती, आत्मसमर्पणवादी तथा […]

प्रधानमन्त्रीको अभिव्यक्तिले भारत जान तम्तयार रविलाई तनाव

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत भ्रमण जाँदैछन्। भारतीय सत्तारुढ दलको निमन्त्रणामा सभापति लामिछाने अन्य नेताहरूसहित भारत जान लागेको उनको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार भारत भ्रमणका लागि भाजपाले यसअघि नै निमन्त्रणा दिएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएका छन् […]

आजका समाचार : गम्भीर विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब, नेपालले चीनलाई २२१ रनले हरायो र इरान जाँदै गरेको मालवाहक जहाजमा अमेरिकी क्षेप्यास्त्र

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै राखेको भनाइमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीको भनाइलाई लिएर राजनीतिक क्षेत्रका नेतृत्वदेखि विभिन्न क्षेत्रका विज्ञ र आम सर्वसाधारणहरूले सामाजिक सञ्जालमार्फत […]

नेपालले भारतीय भूमि मिचेको बालेनको भनाइबारे परराष्ट्रको स्पष्टीकरण : त्यो ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिबारे प्रष्टिकरण दिएको छ । मन्त्रालयले उक्त भनाइलाई ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित प्राविधिक यथार्थ भएको बताएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले आइतबार भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले संसद्मा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा […]

विद्यार्थीको नारा : जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। आइतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्बिरहरू प्रदर्शन गर्दै विरोध जनाइएको थियो । ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनीहरूले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको […]

घनश्याम भुसालको कडा टिप्पणी : यो ऐठनको समय हो, ‘नालायक’हरूबाट ‘लफङ्गा’मा राजपाठ सरेको समय हो

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले तीव्र आलोचना गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भुसालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रियताप्रतिको गम्भीर लापरबाही भनेका छन् । ‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त उत्तर आज प्रधानमन्त्रीले […]

बिनातयारी बोल्दा चिप्लिए प्रधानमन्त्री, संसद्को पहिलो सम्बोधन नै ‘गलपासो’

काठमाडौं- बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन खोज्दा प्रधानमन्त्री गम्भीर विषयमा चिप्लिएका छन् । पहिलो पटक संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री शाह देशको सीमाना र अन्तर्राष्ट्रिय सम्बन्धजस्तो गम्भीर विषयमा चुकेका हुन् । बिनातयारी सांसदहरूको प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री बालेन स्वयंले मित्रराष्ट्र भारतको सीमा आफ्नो देशले मिचेको भनेपछि सदनमा हङ्गामा मचिएको हो । सामान्यतया रोस्ट्रमबाट प्रधानमन्त्रीले बोल्दा […]