Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन

प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमाका विषयमा संसद्‌मा दिएको अभिव्यक्तिको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन लगायतका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको बयानप्रति आपत्ति जनाएका छन्। प्रदर्शनका क्रममा 'जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा' जस्ता नारा लगाउँदै प्रधानमन्त्रीको तस्बिर प्रदर्शन गरिएको थियो।

Summary by Jayaman

2publishers
3headlines
Span: 1 hourNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । माइतीघर मण्डलामा प्रधानमन्त्री बालेन शाहको विरोधमा प्रदर्शन गरिएको छ। आइतबार प्रधानमन्त्री शाहले संसद्‌मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको हो। ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
    1. विद्यार्थीको नारा : जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा

      काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। आइतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको उक्त प्रदर्शनमा प्रधानमन्त्री शाहको तस्बिरहरू प्रदर्शन गर्दै विरोध जनाइएको थियो । ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नारासहित प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनीहरूले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको […]

    2. प्रधानमन्त्रीको अभिव्यक्तिको विराेध, तस्बिरहरू

      काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सदनमा दिएको अभिव्यक्तिको विरोधमा माइतीघरमा विप्लव निकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेको छ। जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा भन्दै विरोध प्रदर्शन (तस्बिरहरू) आइतबार संसद्‌मा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा

      Ratopati logoRatopatiPrivatestory3 publishers
Protests Erupt in Kathmandu Over PM Balen Shah's Border Remarks · K cha khabar