
हावाहुरीले आँपको चिचिला झारेपछि सिरहाका किसान चिन्तित
सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला ९चिचिला० झरेपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, […]

