Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 45 min ago

निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु

निर्वाचन (म्यादी) प्रहरीको पोसाक खरिदमा भएको अनियमितताबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ। बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधि तय गरेको छ। प्रहरीले पोसाक खरिदसम्बन्धी एक बोरा विवरण उपसमितिमा बुझाएको छ। उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने र मंसिरबाट बयान सुरु गर्ने कार्यक्रम तय गरेको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

पोसाक खरिदबारे प्रहरीले संसदीय उपसमितिमा बुझायो एक बोरा विवरण

बिहीबार बसेको उपसमितिको बैठकले यही कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधिसमेत तय गरेको छ ।

Coverage

3 more headlines since

first · 2h agolatest · 50 min ago
  1. प्रहरी पोशाक खरिद प्रकरण- उपसमितिले कात्तिक महिनाभर प्रमाण जुटाउने, मंसिर १ देखि बयान

    काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले सम्बन्धित पक्षसँग बयान मंसिर १ देखि १५ गतेसम्मको समय निर्धारण गरेको छ। आज सिंहदरबारमा बसेको अध्ययन उपसमितिको दोस्रो बैठकपछि संयोजक मनिष झाले अध्ययनका लागि आवश्यक तयारी गर्न कात्तिक ३० गतेसम्मको समय छुटाइएको बताए। अध्ययनपछि मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष […]

    Nepal Press logoNepal PressPrivate4 publishers
  2. प्रहरीको पोशाक खरिद सम्बन्धी छानबिन उपसमितिले कात्तिक ३० गतेसम्म प्राप्त कागजात अध्ययन गर्ने, मंसिरबाट बयान

    निर्वाचन (म्यादी) प्रहरीको पोशाक खरिदबारे छानबिन तथा अध्ययन गर्न गठित उपसमितिले आउँदो ३० गतेसम्म समितिमा प्राप्त कागजात अध्ययन गर्ने समय तोकेको छ।

    Setopati logoSetopatiPrivatepolitics4 publishers
  3. निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु

    काठमाडौं । निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ । बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको हो

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.