
रवि–बालेनबीच चार घण्टा छलफल, के–के भयो कुराकानी ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी हुनुहुन्थ्यो । भेटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ […]