
पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृति र साहस’
गण्डकी। शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको राजधानी पोखरा यतिबेला ‘गुल्जार’ बनेको छ । पर्यटकीय गतिविधि बढेका छन् ।
