
विजयउत्सवको सम्झना गर्दै जितगढीमा १३औँ सरायँ नाच
रूपन्देही । बुटवलको जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा १३औँ सरायँ नाच सम्पन्न भएको छ। पहिले अर्घाखाँची, गुल्मी क्षेत्रमा दसैंपछि पूर्णिमासम्म विजयउत्सवको रूपमा खेलिने सरायँ नाच बसाइँसराइसँगै तराईमा सुरू भएको हो । यो नाचमा स्थानीय तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो। नेपाली बृहत् शब्दकोशमा अर्घाखाँचीलाई सरायँको व्युत्पत्तिस्थल मानिएको छ। वीररसप्रधान सरायँ नाच पश्चिम नेपालका विभिन्न जिल्लामा परम्परागत रूपमा […]
