देउवा पक्षले ८ जिल्लामा छान्यो सभापति, संस्थापनको अधिवेशनमा हारेकालाई तान्ने रणनीति
शेरबहादुर देउवाको संरक्षणमा रहेको नेपाली कांग्रेस असन्तुष्ट समूहले देशभर समानान्तर अधिवेशनका गतिविधिलाई जारी राखेको छ ।काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेर समानान्तर गतिविधि गरिरहेको समूहले हालसम्म ८ जिल्लामा नेतृत्व चयन गरिसकेको छ ।गएको पुसमा भएको विशेष महाधिवेशनपश्चात् कांग्रेसभित्र दुई समूह छ । गगन थापा नेतृत्वको संस्थापन समूहले गएको असोज १८-२३ सम्म पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । उक्त महाधिवेशनबाट थापा चुनावी प्रक्रियाबाट चयन हुँदै कम्तीमा ४ वर्षका लागि

