Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 10h ago

अखाद्य र म्याद गुज्रिएका वस्तु बिक्री गर्ने आकाश फुड्सलाई ३ लाख जरिवाना

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गरेको भन्दै बालुवाटारस्थित आकाश फुड्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। 'र्‍यापिड रेस्पोन्स मोडालिटी' अन्तर्गत गरिएको आकस्मिक बजार अनुगमनका क्रममा उक्त पसलमा पानीपुरीका लागि राखिएको कुहिएको आलु र म्याद नाघेका लड्डु फेला परेका थिए। काठमाडौंको बालुवाटारमा गरिएको यस अनुगमनका क्रममा उत्पादन मिति र उपभोग्य अवधिमा समेत कैफियत भेटिएपछि विभागले सो कारबाही गरेको हो।

TopicsKathmandu
3 publishers · 3 headlines · 2 in 24h · developing over 18 hours
Broke firstLokaantar logoLokaantar

अखाद्य वस्तु बिक्री गर्ने ‘आकाश फुड्स’लाई ३ लाख जरिवाना, दुई डेरीबाट नमुना संकलन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा गरेको आकस्मिक अनुगमनका क्रममा बालुवाटारस्थित ‘आकाश फुड्स’लाई तीन लाख रुपैयाँ जरिवाना तिराएको छ। ‘र्यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत बजार अनुगमन गर्ने क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेपछि उक्त कारबाही गरिएको हो।विभागका अनुसार बालुवाटारस्थित आकाश फुड्समा नियमित अनुगमन गर्दा पानीपुरीको लागि तयार गरिएको आलु (स्टफिङ) बाट अस्वाभाविक रूपमा गन्हाएको पाइएको थियो। साथै, उत्पादन मिति र उपभोग्य अवधिमा कैफियत देखिएको

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 10h ago
  1. म्याद गुज्रेको लड्डु बेच्ने आकाश फुड्सलाई ३ लाख जरिवाना, पानीपुरीमा कुहिएको आलु हाल्ने गरेको खुलासा !

    काठमाडौँ । म्याद गुज्रेको लड्डु बेच्ने आकाश फुड्सलाई कारवाही गरिएको छ । काठमाडौँको बालुवाटारस्थित आकाश फुड्सलाई कारवाही गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको आकस्मिक बजार अनुगमनका क्रममा आकाश फुड्सले गन्हाएको आलु र म्याद गुज्रेको लड्डु बेचेको गरेको फेला परेको थियो । अनुगमनमा सहभागी एक अधिकारीका अनुसार उक्त पसलमा म्याद नाघेको बिनाContinue reading "म्याद गुज्रेको लड्डु बेच्ने आकाश फुड्सलाई ३ लाख जरिवाना, पानीपुरीमा कुहिएको आलु हाल्ने गरेको खुलासा !"

  2. म्याद गुज्रेको लड्डु बेच्ने बालुवाटारको आकाश फुड्सलाई ३ लाख जरिबाना

    २६ भदौ, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिराइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ मा गरेको आकस्मिक बजार अनुगमनका क्रममा गन्हाएको आलु र म्याद गुज्रेको लड्डु फेला परेपछि कारबाही गरिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.