रास्वपा सचेतक धितालको प्रश्न- सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ नपर्ने ?
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनका सहिदको सम्झनामा मंगलबार आयोजित कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै आफ्नै सरकारमाथि प्रश्न उठाएकी छन् । उनले जेनजी सहिद र घाइतेको सम्मान हुने गरी कार्यक्रम हुन नसकेको भन्दै ‘हामीले नै उनीहरूको अपमान गरिरहेका छौँ’ भन्ने अवस्था आएको टिप्पणी गरेकी छन् ।जेनजी आन्दोलनको एक वर्ष पुग्दै गर्दा काठमाडौंको बीआईसीसी अगाडि आयोजित स्मृति कार्यक्रम देखेपछि आफू ‘अवाक’ भएको धितालले सामाजिक सञ्जाल



