Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

२०औँ एसियाली खेलकुदका लागि नेपाली कराते टोली जापान प्रस्थान

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन नेपाली कराते टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर टोलीलाई बिदाइ गर्नुभयो। बिदाइका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई नतिजा वा पदकको दबाब नलिई आफ्नो शतप्रतिशत प्रदर्शन गर्न प्रोत्साहन दिनुभयो।

2 publishers · 3 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कराते टोलीलाई मन्त्री पोखरेलले भने : नतिजाको तनाव नलिई शतप्रतिशत दिनुस्

१९ भदौ, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शुक्रबार बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर मन्त्री पोखरेलसहितका खेल पदाधिकारीहरूले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई पदक वा नतिजाको अनावश्यक दबाब नलिई […]

Coverage

2 more headlines since

first · 4 Septlatest · 4 Sept
  1. एसियन गेम्सका लागि कराते टोली जापान प्रस्थान, तयारी उतै गर्ने

    १९ भदौ, काठमाडौं । नेपाली कराते टोलीले जापानमा हुने २०औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षणरत रहने छ । टोली शुक्रबार जापान प्रस्थान गरेको छ । एसियाडमा नेपालबाट सहभागी हुने २२ खेल मध्ये जापान पुग्ने कराते टोली पहिलो […]

  2. कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थको ‘भीआईपी’ सुविधा

    काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । शिक्षामन्त्री

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.