Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 3 Sept

रसुवा बाढीमा बेपत्ता सैनिकका परिवारका लागि नेपाली सेनाद्वारा 'हेल्प डेस्क' स्थापना

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ४५ जना सैनिकका परिवारसँग समन्वय गर्न नेपाली सेनाले 'हेल्प डेस्क' सञ्चालनमा ल्याएको छ। भदौ १० गते लाङ्टाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका बेला ती सैनिकहरू बाढीमा परी हराएका थिए। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हराइरहेका सैनिकहरूको खोजी कार्य जारी रहेको र परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिनुभएको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी

story2 publishers
Coverage

1 more headline since

  1. सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

    नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए ।यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन् । हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ ।

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.