
नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प
काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५ म्याग्निच्युडको भूकम्प गएको छ। भारतको नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु उत्तराखण्डको जोशीमठबाट करिब १२८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको हो। भूकम्पको गहिराइ कम रहेकाले यसको कम्पन सतहसम्म तुलनात्मक रूपमा छिटो पुग्न सक्छ। यस्ता भूकम्पले क्षति पुर्याउने […]