कानूनी प्रक्रिया र अदालतको आदेशविपरीत वीरगञ्जको भवन भत्काइएको भन्दै नेपाल टेलिकमको आपत्ति
वीरगञ्जस्थित दूरसञ्चार कार्यालयको भवन पुनः भत्काइएको घटनाप्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा विचाराधीन मुद्दा तथा अदालतबाट भएका आदेशलाई पूर्णरूपमा बेवास्ता गरी गैरकानूनी ढङ्गले भवन भत्काइएको कम्पनीको दाबी छ ।दूरसञ्चार स्थापनाकालदेखि नै अन्तर्देशीय सञ्चार सम्बन्ध स्थापित गर्ने संवेदनशील उपकरणसमेत उक्त भवनमा रहेको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।सडकको मध्यविन्दु निर्धारण गर्दा घण्टाघरलाई आधार मानिनुपर्ने कानूनी दाबीसहित अदालत
