Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

झलनाथ खनाललाई भेट्न डल्लु पुगे प्रचण्ड, समसामयिक राजनीतिक विषयमा छलफल

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता झलनाथ खनालबीच शनिबार डल्लुस्थित खनाल निवासमा भेटवार्ता भएको छ। भेटमा उनीहरूले देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता र कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। प्रचण्डका स्वकीय सचिव केशव रावलले यसलाई नियमित भेटघाटको रूपमा जानकारी दिएका छन्।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड, के के भयो वार्ता ?

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। शनिबार डल्लुस्थित खनालको निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा गम्भीर छलफल भएको छ। भेटमा नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्था, पार्टीको संगठनात्मक तथा राजनीतिक अग्रगति, […]

Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. दाहाल र खनालबिच भेटवार्ता

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल बिच आज भेटवार्ता भएको छ । भेटवार्तामा देशको पछिल्लो विपद्लगायत अन्य समसामयिक राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा कुराकानी भएको छ

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. झलनाथ भेट्न डल्लु पुगे प्रचण्ड

    काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड डल्लु पुगेका छन्। उनी केहीबेरअघि खनाल निवास डल्लु पुगेको खनाल निकट स्रोतले जनाएको छ। प्रचण्डका स्वकीय सचिव केशव रावलले भने नियमति भेटघाटका लागि खनाल भेट्न गएको जानकारी दिए।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.