डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन थालियो
बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान हुन नसकेका शवलाई डिएनएलगायत पहिचानका आधार सुरक्षित राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ ।‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम सरकारले ती शवको व्यवस्थापन सुरु गरेको हो । प्रत्येक शवलाई छुट्टै र विशिष्ट सङ्केत नम्बर दिई शवको विवरण, सङ्केत नम्बर र डिएनए नमुनासहितको अभिलेख सुरक्षित राखिने जनाइएको छ ।भविष्यमा आफन्त वा हकवालाले आफ्नो परिवारको सदस्य भएको दाबी गरेमा सुरक्षित राखिएको डिएनए नमुना प

