बैंकहरूले सीएसआरको रकम औषधोपचार तथा राहतमा प्रयोग गर्न सक्ने
११ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले समाजिक उत्तर दायित्व (सीएसआर)को रकम प्रकृतिक प्रकोप पीडितको औषधोपचार, राहत तथा उद्धारका लागि पनि प्रयोग गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ को पहिलो संशोधन गर्दै उपचार, राहत र उद्धारमा पनि प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो […]