सर्वोच्च बारले थाल्यो ११ वर्षका महत्त्वपूर्ण फैसलाको अध्ययन, कानून व्यवसायीसँग विवरण माग
सर्वोच्च अदालत बार एशोसिएशनको ‘फैसला अध्ययन समिति’ले विगत ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसलाहरूको अध्ययन गर्ने प्रक्रिया शुरू गरेको छ । समितिले २०७२ साल वैशाख १ गतेदेखि २०८२ साल चैत मसान्तसम्मको अवधिमा भएका फैसलाहरूको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउने छ।सर्वोच्च बार कार्यसमितिको २०८२ भदौ १३ गतेको बैठकको निर्णयअनुसार सर्वोच्च बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेको संयोजकत्वमा समिति गठन भएको थियो ।समितिको भदौ ८ गते सोमबार बसेको प