दुधमति खोलाको पुल निर्माणमा ढिलाइ, स्थानीयवासी सास्तीमा
जनकपुरधाम- धनुषाको ढल्केबर-जनकपुर-जटही ६ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ। जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना मानिने उक्त पुलको निर्माणमा ढिलाइ हुँदा नागरिक निराश बनेका छन्। स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको काम अलपत्र परेको उनले भने। निर्माणकार्यले गति लिन […]


