सुनसरी घटनापछिको परिस्थितिमा संयमता अपनाउन सरकारको अपिल
धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ ।
सुनसरीमा भएको साम्प्रदायिक तनावपछि नेपाल सरकारले सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै धार्मिक सहिष्णुता र एकतामा खलल पुग्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो। सरकारले घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिने र दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। साथै, उत्तेजना फैलाउने वा भ्रामक सूचना सम्प्रेषण नगर्न समेत सरकारले सबैमा अनुरोध गरेको छ।
धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ ।
3 more headlines since

काठमाडौँ। नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाली समाजमा लामो समयदेखि कायम रहेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई जोगाउन सबैलाई जिम्मेवार ढंगले व्यवहार गर्न अपिल गरिएको छ। साथै, सामाजिक सद्भावमा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न […]
उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानूनी कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको वरिष…
लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचनालाई चुस्त बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या १२ बाट घटाएर ८ मा झार्ने न…
बाघ संरक्षणका लागि विश्वव्यापी जनचेतना जगाउने उद्देश्यले आज जुलाई २९ मा १७ औँ विश्व बाघ दिवस मनाइँदैछ। नेपालले आफ्नो…