विश्वकपका 'हिरो' भोजिन्हा चिलीको प्रतिष्ठित क्लबमा अनुबन्धित
विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साविक विजेता स्पेन र उपविजेता अर्जेन्टिनालाई कडा टक्कर दिएका केप भर्डेका ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हा अब चिलीको चर्चित क्लब कोलो कोलोबाट खेल्ने भएका छन्।डेपोर्टेस लिमाचेविरुद्धको लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष आनिबाल मोसाले भोजिन्हालाई अनुबन्ध गरिएको औपचारिक पुष्टि गरेका हुन्।अध्यक्ष मोसाले सञ्चारकर्मीहरूसँग भने, 'भोजिन्हा अब कोलो कोलोका खेलाडी बनिसकेका छन्। उनी छिट्टै चिली आइपुग्नेछन्, आफ्नो नियमित स्वास्थ्य परीक्षण (मेडिकल) पूरा



