
परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन
काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन गत असार १९ गते सुटुक्क ४ दिने भारत भ्रमण गरेर फर्किएकोबारे कुनै जानकारी नभएको बताएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले शुक्रबार नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । कुमार बेन असार १९ गते काठमाडौंबाट बाराको सिमरा हुँदै त्यहाँबाट भैरहवाबाट भारत छिरेको […]
